सप्तरीमा तीन वटा किसान समूहलाई पम्प सेट वितरण

सप्तरी २ जेठ । सप्तरीको राजविराजका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि पम्प सेट (बोरिङ) प्रदान गरिएको छ ।

सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रम अन्तर्गत दिनारामभद्री कृषक समूह कोलाडी, सखडेश्वरी कृषक समूह छिन्नमस्ता, कमलामाई कृषक समूह कोचाबखारी सहित तीनवटा समूहलाई पम्पसेट वितरण गरिएको हो ।

किसान समूहलाई पम्पसेट सहित बोरिङ सञ्चालनका लागि आवश्यक पर्ने पाइप,ट्युबेल लगायतका सामान समेत वितरण गरिएको सेभ द सप्तरीका अध्यक्ष ध्रुवकुमार देवले बताउनुभयो । पम्पसेटबाट भूमिगत पानी तानेर खानेपानी तथा सिंचाईका लागि प्रयोग गर्न सकिने अध्यक्ष देवले बताउनुभयो ।

सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले वितरण गरेको पम्पसेट बाट खानेपानीको आपूर्ति गर्न सहज हुने विश्वास लिइएको छ ।

पम्पसेटबाट धान, गहुँ, तथा तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने अध्यक्ष देवले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार