स्कुलमा सेनिटरी प्याड वितरण गर्ने काम ‘वाहियात’ : डा. उप्रेती (भिडियो)

प्रसन्न तामाङ, काठमाडौ १४ जेठ । डाक्टर अरुणा उप्रेतीले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनिटरी प्याड बाँड्नु मुर्ख्याई र वाहियात भएको टिप्पणी गर्नुभएको छ ।

विद्यालयमा सेनेटरी प्याड वितरण गर्दा छात्रा नियमित हाजिर भएको र छात्राको पढाइमा समेत सुधार आएको सूचक सार्वजनिक भइरहेका बेला उहाँले विद्यालयमा सेनेटरी प्याड वितरण नगर्न आग्रह गर्नुभयो ।

चौथौ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै डाक्टर उप्रेतीले भन्नुभयो ‘यो भन्दा मुर्ख काम अरु केही हुन सक्दैन, छात्रालाई प्याड दिएर प्रयोग त गर्ला तर कसरी व्यवस्थापन गर्ने ? प्रयोग गरेर जथाभावी फ्याँक्यो भने कुकुरले तानेर सर्वत्र फिजाइदिन्छ ।

विसर्जन गर्ने उचित स्थानको अभावमा चर्पीमै मिल्काइदेला ? चर्पी जाम हुन्छ, अर्को कुरा यो कति दीर्घकालीन हुन्छ ? केही समय त डोनरले देला अनि त्यसपछिको अवस्थामा के गर्ने ? विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने काम राम्रो हुँदै होइन ।

डाक्टर उप्रेतीले अहिले सेनेटरी प्याड प्रयोग गरेर पछि निरन्तरता दिन नसके परम्परागत सीप पनि हराउने र महँगो सेनिटरी प्याड पनि किन्न नसक्ने अवस्थामा पुग्ने बताउनुभयो ।

डाक्टर उप्रेतीको विचार उत्तेजक भनाइ हेर्नुहोस् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार