नाइजर १८ जेठ । उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा पानी पिउन नपाउँदा ४४ जना आप्रवासीको ज्यान गएको छ । सबसाहारा क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिला सहित ४४ जना आप्रवासीको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।
अगादेजका नगर प्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा ज्यान गएको हो । नाइजर सुरक्षा स्रोतले भने गाडी बिग्रेपछि पानी पिउन नपाउँदा गाडीमा यात्रारत सबैको ज्यान गएको जनाएको छ ।
सबसाहरन मानव तस्करहरुले अफ्रिकी आप्रवासीलाई ओहोरदोहोर गराउने क्षेत्र हो ।
नाइजर रेडक्रस सोसाइटीले आप्रवासी शरणार्थी को मृत्यु भएको ठाउँबाट सूचना जम्मा गर्न टोली त्यसतर्फ खटाइएको जनाएको छ । यस्ता घटना यदाकदा यस पहिले पनि हुने गरेको उहाँको भनाई छ । – एएफपीको सहयोगमा ।