बाराको महागढीमाई नगरपालिकाको २ वडामा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन

बारा २४ जेठ । बाराको महागढीमाई नगरपालिका वडा नं. ३ र ५ मा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ ।

महागढीमाई नगरपालिकाको वडा नं. ३ मा वडा सचिव मरुस्तम अजादको अध्यक्षतामा २७ सदस्यीय र वडा नं. ५ मा वडा सचिव महेन्द्र प्रसाद जैसवालको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएको हो ।

सरसफाइ गुरुयोजना २०६८ ले सरसफाइको सबैभन्दा सानो इकाइ गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको व्यवस्था गरेपनि सरसफाइ सम्बन्धी क्रियाकलापलाई अझ सशक्त बनाउन वार्ड स्तरमा पनि समन्वय समिति गठन गरिएको हो । सरसफाइ सम्बन्धी अभियान सञ्चालन गर्न कतै कतै टोल वास सीसी समेत गठन गरिएको छ ।

को को छन् वडा नं. ३ मा ?

महागढीमाई नगरपालिकाको वडा नं. ३ मा वडा सचिव मरुस्तम अजादको अध्यक्षतामा २७ सदस्यीय वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य चौकी, प्रहरी चौकी, बिद्यालय, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, महिला स्वास्थ्य स्वयं सेविका, महिला समुह, बाल समुह, धर्मगुरु, समाजसेवी तथा राजनैतिक दलका प्रतिनिधिहरु सदस्य छन् ।

यी हुन् वडा नं. ५ का सदस्यहरु

महागढीमाई नगरपालिकाको वडा नं. ५ का वडा सचिव महेन्द्र प्रसाद जैसवालको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएको हो । समितिको सदस्यमा स्वास्थ्य चौकी तथा प्रहरी चौकीका प्रमुख, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बिद्यालयका शिक्षक, वडा नागरिक मञ्च तथा नागरिक सचेतना केन्द्रका पदाधिकारी, महिला स्वास्थ्य स्वयं सेविका, महिला समुह एवं बाल समुहका अध्यक्ष, धर्मगुरु, समाजसेवी तथा राजनैतिक दलका सदस्यहरु राखिएको छ ।

समितिले गर्ने काम

वडा स्तरमा गठन भएको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सरसफाइ अभियान सञ्चालनका लागि सहजीकरण गर्नेछ । यसबाट सरसफाइ कार्यक्रम सञ्चालन गर्ने क्रममा आइपरेका वाधा तथा चुनौतीहरु हटाउन सजिलो हुने महागढीमाई नगरपालिकाका वातावरण शाखा प्रमुख रामनिवास चौरसियाले बताउनुभयो ।

महागढीमाई नगरपालिकामा संरक्षण नेपाल र नगरपालिकाको सहकार्यमा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार