दिक्पाल गिरी, काठमाडौ २४ जेठ । काठमाडौ उपत्यकामा चर्पीको सेफ्टी ट्याङ्क सफा गर्ने ट्याङ्कर व्यवसायीले दिसाजन्य लेदो संकलन गरी सीधै वाग्मतीमा विसर्जन गर्ने गरेको खुलासा भएको छ ।
दिसाजन्य लेदो विसर्जन गर्ने उचित स्थानको अभावमा वाग्मती नदीमै विसर्जन गर्दै आएको व्यवसायीहरु बताउँछन् ।
हेर्नुहोस् यो भिडियो :
व्यवसायीका अनुसार काठमाडौ उपत्यकामा सेफ्टी ट्याङ्क सफा गर्ने १५ वटा भन्दा बढी ट्याङ्कर छन् ।
ती ट्याङ्करले दैनिक ४ पटक सम्म दिसाजन्य लेदो संकलन गर्ने र दैनिक ४० ट्याङ्कर भन्दा बढी दिसाजन्य लेदो वाग्मतीमा मिसाइने ती ट्याङ्कर चालकले स्वीकारे ।
‘सरकारले नै यस विषयमा सोच्नुपर्ने हो, यो त एउटा सेवामूलक व्यवसाय हो । हामीले यो काम नगर्ने हो भने धेरैको विचल्ली हुन्छ ।
ठूलो स्केलको प्रशोधन केन्द्र बनाउने हो भने हामी जस्ता व्यवसायीले लुकीछिपी विसर्जन गर्दै हिड्नुपर्ने अवस्था आउने थिएन’ ट्याङकर चालक दिनेश भुजेल (नाम परिवर्तन) ले बताउनुभयो ।