सरसफाइ सप्ताह : गाउँमा उल्लास, सहरमा खास

काठमाडौ २७ जेठ । अठारौं राष्ट्रिय सरसफाइ सप्ताह, सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर मनाइरहेको छ । जेठ २२ गतेदेखि शुरु भएको सप्ताहक भोलि कार्यक्रमहरु औपचारिक रुपमा सकिदैछ ।

यसबर्षको सरसफाइ सप्ताह सहरमा भन्दा गाउँमा उल्लासपूर्ण तरिकाले मनाइरहेका छन् । सिरहा, सप्तरी, बारा, रौतहट लगायतका जिल्लामा सरसफाइ सप्ताहकै अवसर पारी गाउँपालिका तथा नगरपालिका र गाउँपालिकाको वडालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

‘यसबर्ष खुला दिसामुक्त गर्नुछ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिलाई लक्षित गरी तयार पारिएको यो नारा लेखिएको ब्यानरले गाउँघर छपक्कै ढाकिएको छ ।

सरसफाइ सप्ताहको अवसरमा अर्घाखाँची, रुकुम, सुर्खेत, गुल्मी, वाग्लुङ लगायत जिल्लाको गाउँ गाउँमा सरसफाइ कार्यक्रम सम्पन्न भएका छन् ।

टोल स्तरीय कार्यक्रममा टोल वास सिसी, गाउँपालिकामा भीवाससीसी तथा नगरपालिकाको वडा स्तरमा वार्ड वास सीसीले विभिन्न कार्यक्रमको आयोजना गरी सरसफाइ सप्ताह मनाएका छन् । विद्यालयमा हात धुने तरिका र शौचालयको महत्व तथा टोल तथा वस्तीमा वातारणीय सरसफाइ सम्बन्धी कार्यक्रम गरिएको छ ।

गाउँमा उल्लासपूर्ण तरिकाले सरसफाइ सप्ताह मनाइरहँदा सहरमा भने खास खास कार्यक्रम मात्र हुन थालेका छन् । जिल्ला सदरमुकामहरुमा खानेपानी र सरसफाइ सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बाहेक अरु कार्यक्रम हुन सकेन ।

केन्द्रमा खानेपानी तथा ढल निकास विभागले सप्ताहको शुरुमा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो भने हिजो काठमाडौ उपत्यकामा सेप्टिक टैंक सफा गर्ने व्यवसायीहरु र सरसफाइ अभियानका सरोकारवालाहरु बीच दिसाजन्य लेदो व्यवस्थापनको समस्या र समाधानबारे अन्तरक्रिया गरिएको थियो ।

यसबर्षको सरसफाइ सप्ताहको औपचारिक समापन भोलि हुदैछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार