सरसफाइ सप्ताह आज सकिदै

काठमाडौ २८ जेठ । आज सरसफाइ सप्ताहको अन्तिम दिन । गत जेठ २२ गतेदेखि शुरु भएको सरसफाइ सप्ताह सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी समापन गरिदैछ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौ उपत्यकाका २० वटा नगरपालिकाका मेयर तथा कार्यकारी अधिकृतहरुसँग सार्वजनिक शौचालयको अवस्थाका विषयमा  छलफल गर्दैछ ।

खानेपानी तथा ढल निकास विभाग, पानीपोखरीमा दिउँसो २ बजे छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

‘काठमाडौ, भक्तपुर र ललितपुरका २० वटा नगरपालिकाका मेयर तथा कार्यकारी अधिकृतसँग सार्वजनिक शौचालयको वर्तमान अवस्था र भावी योजनाका विषयमा छलफल गर्दैछौं’ सदस्य सचिव श्रेष्ठले बताउनुभयो ।

काठमाडौ उपत्यकामा जनसंख्याको अनुपातमा सार्वजनिक शौचालय कम हुँदा दिसापिसाब गर्न समस्या हुने र भएका शौचालय पनि सफा नहुँदा प्रयोग गर्न नसक्ने जस्ता गुनासा रहदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार