मेलम्चीको पाइप विछ्याउने क्रममा ज्यान गुमाएका मजदुरका परिवारलाई ११ लाख दिइने

काठमाडौ १ असार । काठमाडौको सीतापाइलामा मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा ज्यान गुमाएकाका परिवारलाई बीमा र किरिया खर्च बापत ११/११ लाख रुपैयाँ दिइने भएको छ ।

बुधबार आयोजना कार्यान्वयन निर्देशनालय, निर्माण व्यवसायी र मृतकका आफन्त बीच भएको बैठकमा निर्देशनालयका तर्फबाट प्रति मृतक पाँच लाख रुपैयाँ र निर्माण व्यवसायीका तर्फबाट छ लाख रुपैयाँ गरी र ११ लाख रुपैयाँ दिने सहमति भएको आयोजनाका प्रवक्ता लीला प्रसाद ढकालले जानकारी दिनुभयो ।

पाइप लाइन विछ्याउने क्रममा ढिस्कोले पुरिंदा सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम तथा पर्वतका तेजप्रसाद केसीको बुधबार विहान २ बजे घटनास्थलमै ज्यान गएको थियो ।

उनीहरु तीनै जनालाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय सँगको सम्झौता बमोजिम तेञ्जिङ रमण जोइन्ट भेन्चरले काममा लगाएका थिए ।

थोक वितरण प्रणाली अन्तर्गत तीनै जनाले सात महिनादेखि मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काम गर्दै आएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार