जैविक मार्गमा राखिएका सिसी क्यामेराले खिच्यो, जथाभावी दिसापिसाब गर्नेेको दृश्य

चितवन : चुरे र महाभारत पहाड जोड्ने जैविकमार्गमा जडान गरिएको सिसी क्यामेरामा जथाभावी फोहोर फाल्नेहरुको दृश्य कैद भएको छ ।

चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने जैविक मार्गमा जडित क्यामेराले यस्तो दृश्य कैद गरेको हो । टिकौली जंगलमा वन र वन्यजन्तुको संरक्षणका लागि कडाई गर्न २०७३ साल असार ३० गते १० वटा सिसी क्यामेरा जडान गरिएको थियो ।

सिसी क्यामेराले चालकले उच्च गतिमा गाडी चलाउँदा वन्यजन्तु मारिएका लगायत जथाभावी गाडी रोक्ने र यात्रुले जंगल तथा सडकछेउमै दिसा पिसाब गरेको भिडियो खिचेका छन् ।

भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौली क्षेत्रमा यत्रतत्र फोहोर छरिएका छन् । ती क्षेत्रमा प्लाष्टिक, कार्टुन, थोत्रा कपडा, प्लाष्टिकका बोतल लगायत फोहोरले जंगल क्षेत्र प्रदुषित बन्दै गएको छ ।

सिसी क्यामेराले खिचेको दृश्यको आधारमा यसको नियन्त्रणका लागि कार्ययोजना बनाएर अगाडि बढेमा मात्र फोहोरमैला नियन्त्रण गर्न सम्भव हुने वनरक्षक तालिम केन्द्रका सुवेदार रामदयाल शाहले बताउनुभयो ।

जथाभावी फोहोर फाल्दा जैविक विविधता र दुर्लभ वन्यजन्तुमै नराम्रो असर पर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।

बन क्षेत्रमा फोहोर फाल्न प्रतिबन्ध लगाएपनि आँखा छल्दै गाडीमा बोराका बोरा फोहोर फाल्ने क्रम नरोकिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार