काठमाडौ : सरसफाइमा अध्यारा जिल्लाको रुपमा चिनिएका पूर्वी तथा मध्य तराईका ११ जिल्ला मध्ये सिरहाले सरसफाइको दौड पूरा गरेको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समितिको सचिवालयले हिजो (मंगलबार) अद्यावधिक गरेको तथ्याङ्क अनुसार सिरहाको सबै घरमा सरसफाइ सुविधा पुगेको जनाएको छ ।

यद्यपि यो आंकडा पुस मसान्त सम्मको भएको सचिवालयले जनाएको छ । सरसफाइमा पहिले देखि नै पुछारमा रहेको बारा जिल्ला अहिले पनि सबैभन्दा पछाडि नै छ । बाराको ६६ प्रतिशत घरमा मात्र चर्पी बनेको सचिवालयले जनाएको छ ।
तराईका कुन जिल्लामा कति प्रतिशत कभरेज ?
पूर्वी तराईको झापादेखि मध्य तराईको पर्सासम्मका ११ जिल्लाको सरसफाइको अवस्था यस्तो छ ।
| क्र.सं. | जिल्ला | सरसफाइ कभरेज |
| १. | झापा | ८६% |
| २. | मोरङ | ८७% |
| ३. | सुनसरी | ९८.८२% |
| ४. | सप्तरी | ९१.३६% |
| ५. | सिरहा | १००% |
| ६. | धनुषा | ८६% |
| ७. | महोत्तरी | ८२% |
| ८. | सर्लाही | ८२% |
| ९. | रौतहट | ८७% |
| १०. | बारा | ६६% |
| ११. | पर्सा | ८३% |
नयाँ संरचना अनुसार ७७ जिल्ला मध्ये ४७ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका अनुसार अहिलेसम्म ९५.५ प्रतिशत जनसंख्यामा सरसफाइ सुविधा पुगेको छ ।


916 पटक हेरिएको 

