सर्लाहीमा Stands नेपाल असफल, UN- Habitat सम्झौता रद्द गर्ने मनसायमा

🔗
2
Shares

सर्लाही : सर्लाहीमा साबिकका ३१ गाउँ विकास समितिमा सरसफाइ अभियान सञ्चालन गरिरहेको Stands नेपाल आफ्नो जिम्मवारी पूरा गर्न असफल भएको छ । ३१ वटा गाउँ विकास समितिमा सरसफाइ अभियान सञ्चालन गरेर खुला दिसामुक्त गर्ने जिम्मेवारी पाएको Stands ले अभियान सञ्चालन गरेको चार बर्षमा ९ गाविस मात्र खुला दिसामुक्त गर्न सफल भएको छ ।

सम्झौता अनुरुप काम गर्न असफल भएपछि UN Habitat/Gsf Program ले Stands नेपाल सँगको सम्झौता रद्द गर्ने भएको छ । Stands ले जिम्मा लिएर खुला दिसामुक्त गर्न बाँकी २२ वटा गाविसलाई चैत्र मसान्तभित्र खुला दिसामुक्त घोषणा गर्न सम्पूर्ण जिम्मेवारी लिने कार्य समितिको निर्णय पाँच दिनभित्र डीवाससीसीमा पेश नगरे Stands सँगको सम्झौता रद्द गरी नयाँ शिराबाट अघि बढ्ने डीवाससीसी बैठकले निर्णय गरेको छ ।

हेर्नुहोस् बैठकको निर्णय प्रतिलिपि : 

 

Stands Nepal असफल हुनुको कारण

Stands Nepal ले सर्लाहीमा ३१ गाविसमा सरसफाइ अभियान सञ्चालन गरी खुला दिसामुक्त घोषणा गर्ने जिम्मेवारी लिएको थियो । विगत ४ बर्षदेखि अभियान सञ्चालन भईरहेको भएपनि अहिलेसम्म ९ वटा गाविस मात्र खुला दिसामुक्त भएका छन् ।

यसका लागि झण्डै २ करोड रुपैयाँ खर्च भइसकेको जानकारहरु बताउँछन् । अभियान शुरु भएको ९/१० महिना पछि मात्र कर्मचारी खटाउनु, सरसफाइ अभियानमा लगाव नहुनु र पुग्दो कर्मचारी नखटाइनु तथा बाहिरी जिल्लाको गैरसरकारी संस्था भएकाले पनि सर्लाहीमा Stands Nepal असफल भएको धेरैको विश्लेषण छ । 

Stands ले जिल्लामा समन्वयका लागि VCDC नामक संस्थालाई हातमा लिए पनि उसको समेत प्रभावकारी भूमिका रहेन । सरसफाइ अभियान सशक्त रुपमा सञ्चालन पनि गर्न नसक्ने, ठाउँ पनि नछाड्ने .Stands Nepal को प्रबृत्तिका कारण डीवाससीसीको बैठकमा समेत सधैं Stands को कामको आलोचना हुँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार