काठमाडौ : गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जापानबाट मेसिन झिकाएको छ । अघिल्लो महिना जापान गएको नगरपालिकाका मेयर सन्तोष चालिसे सहितको टोलीले अर्डर गरेको मेसिन अहिले नेपाल भित्रिने क्रममा छ । मेसिन जहाजबाट कोलकता आइपुुगेको र दसै आसपासमा नेपाल आईपुुग्ने मेयर चालिसेले बताउनुुभयो । उहाँका अनुसार जापानको हिता कम्पनीको सहयोगमा मेसिन ल्याउन लागिएको हो ।
करिब ५ करोड रुपैयाँको लागतमा ल्याउन लागिएको मेसिन पहिलो चरणमा गोकर्णेश्र नगरपालिकाको फोहोर व्यवस्थापनमा मात्र प्रयोगमा ल्याइनेछ । मेसिनको सफल प्रयोग भएपछि थप मेसिन पनि झिकाइने र अन्य नगरपालिकाको फोहोर व्यवस्थापनका लागि पनि प्रयोग गरिने उहाँले बताउनुभयो ।
यसरी गर्छ मेसिनले काम
गोकर्णेश्वर नगरपालिकाकाले ल्याउन लागेको मेसिनले फोहोरलाई सुकाएर जलाउने काम गर्छ । मेसिनले कुहिने र नकुहिने दुवै प्रकारको फोहोरलाई जलाएर खरानी बनाउँछ । उहाँका अनुसार मेसिन मार्फत फोहोर जलाउँदा वातावरणलाई समेत असर गर्दैन । ‘हामील आफै गएर हेरेर यसको प्रयोग नेपालमा राम्रोसँग हुन सक्छ भन्ने निष्कर्षमा पुुग्यौं र ल्याउन लागेका हौं, हामी चाँडो भन्दा चाँडो ल्याएर यहाँको फोहोर व्यवस्थापनमा नवीन प्रयोग गरेर देखाउँछौं’ उहाँले भन्नुुभयो ।
मेसिन सञ्चालनमा आएपछि फोहोरको समस्या अन्त्य नभएपनि न्यूनीकरण हुने उहाँको दाबी थियो ।


1330 पटक हेरिएको 

