फोहोरले भरिएको माईराम पोखरी, ग्रीन पार्कमा परिणत

वीरगञ्ज : कुनै समय फोहोरले भरिएको वीरगञ्ज महानगरपालिकाको माईराम पोखरी अहिले ग्रिन पार्कमा परिणत भएको छ । फोहोरले अतिक्रमित भईसकेको माईराम पोखरी अहिले चिल्ड्रेण पार्कमा परिणत भएको छ ।

एसियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला सहरी एकृकीत वातावरणीय सुधार आयोजनाले २०१४ बाट निर्माण सुरु गरेको पार्क अहिले सम्पन्न भई महानगरपालिकालाई हस्तनान्तरण गर्ने चरणमा पुगेको छ ।

पौने ४ विगाहा क्षेत्रफलमा फैलिएको माईराम पोखरीलाई एनएमसि अस्पताल, विके प्रशाद, महेश मितल, शाक्य भवण लगायतले अतिक्रमण गरेपछि जम्मा १४ कठ्ठामा सीमित भएको थियो । तर नापी कार्यालयको नाप नक्शा अनुसार १९ कठ्ठामा कायम रहेको जग्गालाई खाली गराई चिल्ड्रेण पार्क निर्माण गरिएको हो । फोहोरले भरिएको पोखरीलाई चिल्ड्रेन पार्क बनाउन साढे ४ करोड लगानी गरिएको परियोजना अधिकृत शैलेन्द्र श्रेष्ठले बताउनुुभयो ।

पोखरीमा वाटर फाउन्टेन, किड्स जोन, ओपन थिएटर, नृत्यगान स्थल, पिकनिङ्ग स्पोट, टेबल टेनिस स्थल, कोर्डिआर्ट, बच्चाहरुका लागि खेल्ने अलग्गै खेल मैदान, साझा घुमघाम गर्ने सिटि म्यानेज्मेट, महिला पुरुषका लागि अलग्गै शौचालय लगायत सुविधा सहितको विहान मोर्निङ्ग वाक गर्न सक्ने हिसाबले समेत पार्क निर्माण भएको छ ।

वातावरणीय सुधार आयोजनाले यही शनिबार महानगरपालिकालाई हन्तान्तरण गर्ने कार्यक्रम राखेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार