काठमाडौ : राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई साकार पार्न सरकारलाई सुझाव दिनु भएको छ । उहाँले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिनुुभयो ।
राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आईतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वातावरण प्रदुषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउनुुभयो ।
राष्ट्रपति भण्डारीले वायु प्रदुषण न्यूनीकरणका लागि पेट्रोलियम पदार्थ लगायतका वायु प्रदुषण गर्ने पदार्थहरुमा लगाइएको कर सदुपयोग गर्न उपयुक्त हुने तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभावकारी रोक्न सरकार लागि पर्ने बताउनु भयो ।
मन्त्री बस्नेतले वातावरण सम्मेलनले स्वच्छ वातावरण निर्माणका लागि ठोस धारणा तय गर्न सघाउ पु-याउने विश्वास व्यक्त गर्नुभयो ।