जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आफैं झाडू लिएर सफाइमा खटिनुभएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा भईरहेको बृहत सरसफाइ अभियानमा मुख्यमन्त्री आफै सहभागी हुनुभएको हो ।
उहाँसँगै अन्य मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस्थाका साथै सुरक्षा निकायको पनि सहभागिता थियो ।
बुधबार बाह्रविघा रंगभूमि मैदान, जनकी मन्दिर, राम मन्दिर, रामनन्द चोक लगायतका स्थानमा सफाइ गरिएको छ ।