सोलु दुधकुण्ड नगरपालिकाले आजदेखि फोहोर किन्ने, चाउचाउ, चुईगमको खोलको दाम सबैभन्दा धेरै

 2274 पटक हेरिएको

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्र भित्र उत्पादन हुने फोहोर किन्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि पहिलो चरणमा नगरपालिकाको वडा नं. ४, ५ र ६ को फोहोर किन्न लागेको हो ।

नगरपालिकाले २०७४ चैत्र २८ नै गरेको निर्णयलाई आजदेखि कार्यान्वयन गर्न लागेको हो । यसका लागि शुरुमा व्यक्ति तथा संस्थाबाट टोल सुधार समितिले किन्ने र त्यसपछि टोल सुधार संस्थाबाट नगरपालिकाले किन्ने प्रावधान राखिएको छ ।


नगरपालिकाले फोहोरमैला शुल्क बापत व्यक्तिगत घरबाट मासिक १५०, रेष्टुरेन्ट, होटल तथा पसलबाट मासिक २५० रुपैयाँ र निजी संघसंस्था तथा कार्यालयबाट पनि २५० रुपैयाँ संकलन गर्नेछ ।

फोहोर व्यवस्थापनका लागि यस्तो उपाय निकालेको सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।


चाउचाउ, चुईगम र मसलाको खोलको दाम सबैभन्दा धेरै


नगरपालिकाले फोहोरलाई बर्गीकरण गरी त्यही अनुसारको मूल्य निर्धारण गरेको छ ।नगरपालिकाले सबैभन्दा बढी चाउचाउ, चुईगम र मसलाको खोलको लगायत फोहोरको तोकेको छ । नगरपालिकाले यस्तो फोहोरको मूल्य प्रति केजी ५०० तोकेको छ । यस्तै कपडा प्याक गरेका प्लाष्टिक प्रति केजी १५०, बिस्कुटका खोल प्रति केजी रु. ३००, भाडा वर्तन प्याक गरेका प्लाष्टिक प्रति केजी २०० मा खरिद गर्ने जनाएको छ ।

यस्तै पुराना कपडा तथा कपडाका टुक्राहरु प्रति केजी २५, पुराना किताब कापी तथा कागजजन्य वस्तुहरु प्रति केजी ५, कार्टुन तथा कागजका खोलहरु प्रति केजी २ र दुध तथा खानेतेलका खोलहरु प्रति केजी १५० मा खरिद गर्नेछ । सिसाजन्य बोतलहरु प्रति गोटा १ रुपैयाँ देखि १.५० सम्म मूल्य निर्धारण गरेको छ ।


थप हेर्नुहोस् :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार