सर्लाहीलाई ओडिएफ गर्न के गर्दैछन् डिभिजन प्रमुख ? (भिडियो)

काठमाडौ : प्रदेश २ का ८ जिल्ला मध्ये सिरहा, सुनसरी र रौतहट खुला दिसामुक्त भइसकेका छन् । प्रदेश २ मा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अब पालो सर्लाहीको हो ।

खुला दिसामुक्त घोषणा गर्न बाँकी बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा मध्ये सर्लाहीमा सबैभन्दा कम चर्पी बन्न बाँकी छ । सर्लाहीको करिब ९८ प्रतिशत भन्दा बढी घरमा चर्पी बनिसकेका छन् ।

त्यत्ति मात्र होइन, यसअघि रौतहटलाई खुला दिसामुक्त गर्न सफल नेतृत्वकर्ताका रुपमा परिचित खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख अनिल केसरी समेत सर्लाहीमा कार्यरत हुनुहुन्छ ।

उहाँ कार्यरत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीले सर्लाही र रौतहट दुवै जिल्लाको काम हेर्नुपर्छ । हामीले सर्लाहीलाई खुलादिसामुक्त घोषणा गर्न के कस्तो चाँजोपाँजो मिलाइरहनुभएको छ भनेर डिभिजन प्रमुख अनिल केसरीलाई सोधेका छौं ।


हेरौ यो भिडियो अन्तरवार्ता :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार