संयुक्त राष्ट्र संघ भवनको शौचालयभित्र जे देखियो

काठमाडौ : एउटा शौचालय भित्र के –के होलान् ? के –के हुनुपर्ला ? ‘पानी, दिसापिसाब गर्ने ठाउँ (प्यान) चुकुल, हार्पिक, सफा गर्ने ब्रस आदि’ तपाई हामी मध्ये धेरैले यिनै चीजबीज हुँदो हो भन्ने सोचेका हुन्छौं ।


तर शौचालयभित्र यी बाहेक अन्य धेरै कुराहरु राख्न सकिन्छ । तपाई संयुक्त राष्ट्र संघ भवनको शौचालयभित्र प्रवेश गर्दै हुनुहुन्छ भने विभिन्न ज्ञानगुणका कुरा समेत थाहा पाउनुहुन्छ ।

शौचालयमा शौचालय प्रयोग गर्ने तरिका देखि संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने नियमहरु समेत टाँस गरिएका छन् । यसले शौचालयबाटै व्यक्तिगत सरसफाइ देखि लिएर विभिन्न सन्देशहरु प्रवाह गर्न सकिन्छ भन्ने नमुना प्रस्तुत गरेको छ ।


शौचालय भित्र के के छन् ? हेरौं फोटोमा


शौचालय भित्र पालना गर्नु पर्ने नियमहरु, दिसापिसाब गर्ने तरिका ।

तपाईलाई फ्ल्यू लागेको छ भने के गर्ने ? के नगर्ने ?







कतिपय मानिसहरुको शौचालयमा मोबाइल खेलाउने बानी हुन्छ । कतिले त पत्रिका समेत शौचालयमै पढ्ने गर्छन् । शौच गर्नु अघि वा शौच गरेपछि शौचालयको भित्तामा आँखा मात्र डुलाउनु भयो भने धेरै कुरा थाहा पाउन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार