संसद बैठकमा चाउचाउको खोल फिर्ता गर्ने व्यवस्था गर्न माग

काठमाडौ : सांसद महेश बस्नेतले चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । संसदको आजको बैठकमा उहाँले सडक र नदी सफा गर्दा चाउचाउ, गुट्खाको खोल धेरै पाइएकाले चाउचाउ खाएपछि फिर्ता हुने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

‘सफाईमा गुट्खाको खोल धेरै पाइयो। त्यसैले गुट्खा बन्द गर्नुपर्छ,’ संसदको शुक्रबारको बैठकमा बस्नेतले भन्नुभयो ‘चाउचाउको खोल पनि फिर्ता हुने व्यवस्था गर्नुपर्छ।’

अहिले भएको मूल्यमा एक रुपैयाँ थप गर्ने र खोल फिर्ता गरेपछि एक रुपैयाँ फिर्ता गर्ने व्यवस्था गर्न सके सडक र नदी सफा हुने उहाँको भनाई थियो । भक्तपुरमा दुई महिनादेखि अरनिको राजमार्गको दायाँ बायाँ र ५० सातादेखि हनुमन्ते नदी सफाई भइरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार