फोहोर तह लगाउन गड्यौला खेती

दाङ : दाङको गढवा गाउँपालिका ५ धर्मापुरमा गड्यौंला खेती गरिएको छ । फोहोरलाई तह लगाएर प्राङगरिक मल उत्पादनका लागि चितवनबाट गड्यौला ल्याएर खेती गर्न थालिएको हो ।

फोहोर पनि तह लाग्ने, मल पनि उत्पादन हुने भएपछि सिर्जना चौधरी र देशनी चौधरीले गड्यौला खेती सुरु गरेका हुन् । मंसिरमा चितवनबाट गड्यौला ल्याएर खेती गर्न थालेको र अहिले बिस्तारै ठूलो हुँदै गएको सिर्जना चौधरीले बताउनुभयो ।

‘कुहिएर खेर जाने वस्तु गड्यौलालाई खुवाउने गरेको छु, यसो गर्दा वरपरको वातावरण पनि फोहोर हुन पाएन, गड्यौलाले फोहोर बस्तुलाई कुहाएर मल पनि बनाइदिने गरेको छ’ चौधरीले भन्नुभयो ।

गड्यौला पालन आफूहरुका लागि पनि नयाँ अभ्यास भएको र भविश्यमा राम्रै आम्दानी हुने आशा रहेको देशनी चौधरीले बताउनुभयो । आफूले टमाटर, खुर्सानी, भान्टा, आलु र अन्य तरकारी खेती पनि गर्दै आएको र त्यसका लागि मल उत्पादन गर्ने काम पनि आफैले सुरुवात गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार