चक्रपथ सरसफाइ महाअभियान सयौं हप्तामा, १५ सय टन फोहोर व्यवस्थापन

काठमाडौ : चक्रपथ सरसफाइ महाअभियानले १०० औें हप्ता पूरा गरेको छ । २०७४ वैशाख २ गते देखि सुरु भएको अभियानले शनिबार सयौं हप्ता पूरा गरेको हो । ‘अब फोहोर टिपेर बस्ने होइन, फोहोर नफाल्ने प्रण गरौं’ भन्ने मूल नाराका साथ आयोजित सयौं हप्ताको विशेष कार्यक्रममा महाअभियानका संयोजक लोक बहादुर टण्डनले अहिलेसम्म ४ हजार अभियन्ताले संकलन गरेको १५ सय टन फोहोर व्यवस्थापन गरिएको जानकारी गराउनुभयो ।

कोटेश्वरदेखि स्वयम्भुसम्मको सडक किनारामा रहेका ४ सय रुखमा रङरोगन गरिएको, माटोको ढिस्कोलाई सम्म्याएको र फोहोरमैलामा सुतेर बिरामी परेकाहरुलाई ग्रीनसिटी हस्पिटलमा ल्याएर निःशुल्क उपचार गराएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले फोहोरमैला व्यवस्थापन ऐनको कडाईका साथ लागु गरी फोहोरमैला जथाभावी फ्याँक्नेलाई दण्डित गर्ने र व्यवस्थापन गर्नेलाई प्रोत्साहन गर्न सकेमा मात्र फोहोरमैला व्यवस्थापनको काम केही हदसम्म सजिलो हुने बताउनुभयो ।

फ्याँक्नेलाई दण्डित गर्ने र व्यवस्थापन गर्नेलाई प्रोत्साहन गर्न सकेमा मात्र फोहोरमैला व्यवस्थापनको काम केही हदसम्म सजिलो हुने बताउनुभयो ।

‘यहाँ त एकथरी मानिसहरु फोहोरमैला विसर्जन गरिरहन्छन्, अर्को मानिसहरु उठाईरहन्छन्, यसो गर्दा कहिल्यै पनि यो अन्त्य नहुने देखियो, अब हामीले सोच बदल्नुपर्छ, फोहोर अब टिप्दै हिड्ने होइन, फोहोर नगर्ने र फोहोर आफैबाट व्यवस्थापन गर्ने प्रण गरौं’ उहाँले आग्रह गर्नुभयो ।

खै कहाँ छ स्थानीय सरकार ?

चक्रपथ सरसफाइ महाअभियानका संयोजक टण्डनले स्थानीय सरकारले फोहोर व्यवस्थापनको काममा पटक्कै ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले स्थानीय सरकारबाट आफूले आशा गरेजस्तो सहयोग प्राप्त गर्न नसकेको भन्दै वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतको ध्यानाकर्षण गराउनुभयो ।

मञ्चमा प्रमुख अतिथिको आसनमा बसिरहेका मन्त्री बस्नेत तिर फर्किदै उहाँले भन्नुभयो ‘अहिलेसम्म स्थानीय सरकार कहाँ छ ? थाहा छैन, हामीले यो अभियानमा सरिक भईदिनका लागि आग्रह पनि गर्यौं, हामीले यो अभियानलाई सय हप्तामा पु-याउँदा पनि उहाँहरुको नाक, मुख देख्न पाएनौं, अब उहाँहरुलाई सक्रिय पार्ने काम म वातावरणमन्त्री शक्ति बहादुर बस्नेतज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अभियानले सय हप्ता पूरा गरेको अवसरमा आयोजित विशेष कार्यक्रममा सरसफाइ अभियानमा सहभागी भएर विशेष योगदान पु-याउने संघसंस्था तथा अभियन्तालाई पुरस्कार एवं सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार