विश्व बैंकलाई खानेपानीमा लगानी गर्न खानेमन्त्रीको आग्रह

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले विश्व बैंकलाई नेपालको खानेपानीमा लगानी गर्न आग्रह गर्नुभएको छ । खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डल बीच बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पानीको सुलभ उपलब्धताका लागि विश्व बैंकलाई खानेपानीमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै शहरी क्षेत्रमा २४ सै घण्टा प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधन गर्ने कार्यमा विश्व बैंकले लगानी गर्न सकिने बताउनुभयो ।

तराई मधेश क्षेत्रमा आर्सेनिकमुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराउनुभयो ।

 

मन्त्री मगरले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको उल्लेख गर्दै यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाइरहेको जानकारी गराउनुभयो । तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पुयाउन मन्त्रालय योजनाका साथ लागिरहेको उहाँले बताउनुभयो ।

तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पु(याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले आफूले विश्व बैंकको लगानी रहेको विभिन्न खानेपानी आयोजनाको अवलोकन गरेको र ती खानेपानीको अति आवश्यक परेको समुदायले उपभोग गरिरहेकाले सानो सहयोगले पनि ठूलो काम भएको बताउनुभयो । उहाँले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताउनुभयो ।

धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै उहाँले नेपालको खानेपानी मन्त्री भने खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै ज्ञाता रहेको आफूले पाएको बताउनुभयो । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधिमण्डलसँग छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार