जथाभावी फोहोर फाल्ने ३ जनालाई जरिवाना तिराइयो

ललितपुर : ललितपुर महानगरपालिका १५ मा रहेको स्विमिङ पुल अगाडि फोहोर फाल्नेलाई पक्राउ गरी जरिवाना तिराइएको छ ।
रातको समयमा जथाभावी फोहोर फाल्ने दाङका सुरेन्द्र चौधरी, बर्दियाका गोपाल थारु र बाजुराका हिमाल थापालाई पक्राउ गरी जनही १ हजार रुपैयाँ जरिवाना तिरेपछि छाडिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो।

लामो समयसम्म फोहोर फाल्नेलाई कारबाही र जरिवाना हुने सूचना टाँस गर्दा समेत फाल्ने क्रम नरोकिएपछि प्रहरीले मध्यरातमा फोहोर फाल्नेलाई पक्राउ गरी जरिवाना गरेको हो ।

पटकपटक सफा गर्नसमेत उक्त क्षेत्र सफा नभएपछि प्रहरी परिचालन गर्नु परेको वडा नम्बर १५ का अध्यक्ष सुदर्शन मिश्रले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार