फोहोर फाल्नेको निगरानी अब सिसी क्यामेराबाट

🔗
7
Shares

भक्तपुर : फोहोर फाल्नेको निगरानी गर्न सूर्य विनायक नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानामा पर्ने कालाचा खोलामा दुई सिसी क्यामरा र एक मोनिटर जडान गरिएको छ । कालाचा खोलामा पटक–पटक सफा गर्दा पनि भक्तपुर नगरपालिका क्षेत्रका बासिन्दाले फोहोर फाल्ने क्रम नरोकिएपछि सिसी क्यामरा जडान गरिएको हो ।

हनुमन्ते सरसफाइ अभियानका अभियानकर्मीले कालाचा खोलामा पटकपटक सफाइ गरे पनि फोहोर फाल्ने क्रम निरन्तर बढिरहे पछि फोहोर फाल्नेलाई पक्राउ गरी आवश्यक कारवाही गर्न सिसी क्यामरा जडान गरिएको सूर्य विनायक नगरपालिका–७ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । क्यामरा र मोनिटर ज्योति विकास सहकारी संस्थाको सहयोगमा जडान गरिएको हो ।

खोला र अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सिसी क्यामरा जडान गरिएकाले फोहोर फाल्नेलाई अब नियन्त्रणमा लिएर कारवाही गर्न सजिलो हुने पूर्व उद्योगमन्त्री महेश बस्नेतले बताउनुभयो ।

उहाँले हनुमन्ते सरसफाइमा भक्तपुर नगरपालिकाले साथ नदिएको तर फोहोर फाल्नेलाई कारवाही पनि नगर्दा सफाइ भइरहे पनि फोहोर गर्ने क्रम बढेको बताउनुभयो । सफा गर्न नसक्नेले अरुले सफा गरेको ठाउँमा फोहोर गर्न नहुने भन्दै उहाँले कालाचा खोलामा अब फोहोर फाल्नेलाई कडा कारवाही गरिने बताउनुभयो ।

सरसफाइ अभियान चलाएको एक वर्ष नाघिसक्दा पनि फोहोर फाल्नुहुन्न भन्ने कुरामा सचेत नभएका र जथाभावी फोहोर फाल्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने निर्माण व्यवसायी महासङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईंले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार