धादिङमा मर्मत सम्भार कार्यकर्ता तालिम, VMW तालिम किन ?

धादिङ : धादिङबेशीमा भईरहेको ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । जिल्लामा निर्माणाधीन बिभिन्न १७ वटा खानेपानी योजनाबाट प्रतिनिधित्व हुने गरी १५ जना महिला र २३ जना पुरुष पुरुष गरी ३८ जना लाई तालिम दिईएको हो ।

तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्रदर्शनी तथा उपयोग गर्ने तरिका, ग्रामीण मर्मत तथा संभार कार्यकर्ताले गर्नुपर्ने मुख्य काम बारे प्रयोगात्मक अभ्यास गराइएको थियो ।

तालिममा खानेपानी मुल देखि मुख सम्म सुरक्षित तरिकाले पु-याउन बिभिन्न पक्षको भुमिका र खानेपानी फिटिङ्ग्स सम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो ।

धादिङ जिल्ला गाउँपालिका, वडा कार्यालय तथा शान्ति नेपालको श्रोत साझेदारीमा सञ्चालन भई रहेका खानेपानी योजनाको दिगो ब्यबस्थापन तथा निर्माण पश्चात समुदायलाई हस्तान्तरण गरिसकेपछि योजनाको सुरक्षाको सुनिश्चितताको लागि शान्ति नेपालले तालिमको आयोजना गरिएको शान्ति नेपालका अनुगमन तथा मूल्याङकन सहायक अधिकृत सुरेश सिग्देलले जानकारी दिनुभयो ।

तालिममा खानेपानीको मर्मत सम्भार कार्यकर्ताले गर्नुपर्ने कामबारे सीप प्राप्त भएको र निर्माणाधीन खानेपानी योजनामै सीप परिक्षण गर्ने तालिमका सहभागीहरुले बताएका छन् ।

तालिम पश्चात आफ्नो गाउँमा सञ्चालित खानेपानीको साना तिना मर्मत सम्भारका लागि प्लम्बर खोजिरहनु पर्ने अवस्था नआउने उनीहरुले बताएका छन् । ‘हामीलाई गल्छी गाउँपालिकाका इञ्जिनियर रवी अधिकारी, शान्ति नेपालका ओभरसियर गोकुल दर्लामी र सामुदायिक प्राबिधिक भिम बहादुर थापाले सरहजीकरण गर्नुभयो, सम्बन्धित फिल्डकै सरहरुले सिकाएको हुनाले अति प्रयोगात्मक र व्यहारिक तालिम सिकेका छौं, हामी यसलाई समुदायमा गरेर प्रयोग गर्छौ’ तालिमका सहभागीहरुले प्रतिबद्धता जनाए ।

तालिमका थप फोटाहरु :

फोटाहरु : शान्ति नेपालका अनुगमन तथा मूल्याङकन सहायक अधिकृत सुरेश सिग्देल

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार