यी हुन्, ओडिएफ हुने पाइपलाइनमा रहेका जिल्लाहरु

🔗
4
Shares

काठमाडौ : २०७५ सालमै सत प्रतिशत घरमा चर्पी बनेपनि खुला दिसामुक्त घोषणा गर्न बाँकी चार जिल्ला छन् । ती चार जिल्लालाई तत्काल खुला दिसामुक्त गर्न सकिने भएपनि विभिन्न कारणले खुला दिसामुक्त घोषणा गर्न नसकिएको हो ।

प्रदेश १ को सोलुखुम्बु र भोजपुरका सबै घरमा चर्पी बनेको लामो समय भईसक्दा समेत अझै खुला दिसामुक्त घोषणा गर्न सकेको छैन । यस्तै प्रदेश ३ को दोलखा र काभ्रे पनि घोषणाको पर्खाइमा रहेको छ ।

सत प्रतिशत घरमा चर्पी बनेर पनि घोषणा गर्न बाँकी रहेको जिल्लालाई खुला दिसामुक्त घोषणा गराउन सम्बन्धित जिल्लाका जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) सँग समन्वय भईरहेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख देवेन्द्र झाले जानकारी दिनुभयो ।

सरकारले यही असारभित्र सबै जिल्लालाई खुलादिसामुक्त घोषणा गरी राष्ट्रलाई नै खुलादिसामुक्त घोषणा गर्ने जनाएको छ । हालसम्म ६४ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

सोलुखुम्बुमा झण्डै २४ हजार चर्पी बन्दा, काभ्रेमा बन्यो ९२ हजार

स्रोत : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार