धादिङ : धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र दोलखामा क्रियासिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारीलाई वास क्षेत्रमा व्यवहार परिवर्तन सम्बन्धी तालिम प्रदान गरिएको छ । योजना निर्माण तथा कार्यान्वयन स्तरका २० जना कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिममा पूर्ण सरसफाइको सूचक अनुसारको व्यवहारमा परिवर्तनको लागि आवश्यकीय नीति निर्माण गर्ने, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी हुनुपर्ने अभ्यास लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
तालिम समापनका क्रममा प्रयास नेपाल धादिङका अध्यक्ष सविता अर्यालले यो तालिम जिल्लामा एकदम प्रभावकारी हुने भएकाले तालिममा सिकेका कुराहरुलाई तत्काल व्यवहारमा उतार्नका लागि कार्य सम्पादनमा आजैदेखि जुट्नुपर्ने बताउनुभयो ।
यस्तै ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जिल्लामा आवश्यक रहेको यो तालिम गाउँपालिकाको नीति अनुसार पूर्ण सरसफाइको उद्देश्य प्राप्तिका लागि धेरै फलदायी रहेको बताउनुभयो ।
नेपाल सरकारले लिएको पूर्ण सरसफाइ अभियानलाई सहज रुपमा समुदाय स्तरमा व्यवहार परिवर्तको अबधारणा बिकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) का तालिम अधिकृत शोभा राना र देवेन्द्र खड्काले सहजीकरण गर्नुभएको थियो । तालिम वातावरण र जनस्वास्थ्य संस्था (ENPHO)) कोे आयोजना तथा शान्ती नेपालको समन्वयमा सम्पन्न भएको हो ।
शान्ति नेपालका अनुगमन तथा मूल्याङकन सहायक अधिकृत सुरेश सिग्देलको सहयोगमा तयार पारिएको समाचार।