ललितपुर : महिला तथा बालबालिकाको पहलमा ललितपुर जिल्लाको गोदावरी नगरपालिका १ नहरक्षेत्रमा सरसफाइ गरिएको छ । गोदावरी खोलाक्षेत्र साप्ताहिक सरसफाइ अभियानले गोदावरीको नहरक्षेत्रमा सफाइ गरी ३ टन फोहोर व्यवस्थापन गरिएको अभियानकी संयोजक बेबि राजभण्डारी थापाले जानकारी दिनुभयो ।
गोदावरी क्षेत्रलाई फोहोरमुक्त बनाई स्वच्छ, सफा र सुन्दर बनाउन थालिएको सरसफाइ अभियानमा गोदावरी नगरपालिका ३ नं. वडाका अध्यक्ष बालमुकुन्द घिमिरे, महिला जनप्रतिनिधीहरु, रेडक्रस गोदामचौर, अन्नपूर्ण महिला सहकारी, उद्यमशील महिला सहकारी, सन्तनेश्वर नौधारा महिला सहकारी, वाग्मती सफाइ अभियन्ता चित्र सुनुवार, नेप्को नेपाल, Cresent school गोदावरी, Bluebird school ठैब र Youth Club गोदावरी सहित करिब सय जनाको सहभागिता थियो ।
तस्बिरहरु : बेबि राजभाण्डारी थापा