
काठमाडौ : अहिले देश खुला दिसामुक्त घोषणाको संघारमा छ । देशका ६४ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । सरसफाइका लागि खुला दिसामुक्त क्षेत्र हासिल गर्नु पहिलो खुड्किला मात्र हो । खुला दिसामुक्त अवस्थाका उपलब्धिहरुलाई दिगो रुप दिंदै सरसफाइका अन्य सुविधाहरुको निर्माण, प्रभावकारी सञ्चालन गरी सफा र स्वच्छता कायम गर्नुपर्दछ ।
WASH Plan को मुख्य उद्देश्य सम्बन्धित क्षेत्रलाई एउटा निश्चित समय सीमाभित्र पूर्ण सरसफाइयुक्त क्षेत्रको रुपमा स्थापित गर्ने हुनुपर्छ ।
सरसफाइ र स्वच्छताको निरन्तरताको लागि संस्थागत क्रियाशीलता, स्तरीय सेवा प्रवाह, सचेतना अभिबृद्धि, व्यापक सामाजिकीकरण, सामुहिक सशक्तिकरण तथा स्व–अनुगमन जस्ता क्रियाकलाप नियमित रुपमा गरिरहन आवश्यक छ । यसैका लागि WASH Plan बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।
पूर्ण सरसफाइका क्रियाकलापहरु सञ्चालन गर्दा सरोकारवालाहरुको बीचमा छलफल र स्थानीय आवश्यकतामा आधारित भएर खानेपानी, सरससफाइ र स्व्च्छताका क्रियाकलापहरु समावेश गरी WASH Plan तर्जुमा गर्नुपर्छ । यसरी तयार गरिने WASH Plan को मुख्य उद्देश्य सम्बन्धित क्षेत्रलाई एउटा निश्चित समय सीमाभित्र पूर्ण सरसफाइयुक्त क्षेत्रको रुपमा स्थापित गर्ने हुनुपर्छ ।
पूर्ण सरसफाइको अवस्था हासिल गर्न लामो समय लाग्न सक्ने र ठूलो लगानी आवश्यक पर्न सक्ने हुँदा यस अभियानलाई दुई चरणमा विभाजन गरी कार्यान्वयन गर्नुपर्छ । पहिलो सफा र स्वच्छ चरण र त्यस अन्तर्गत सञ्चालन गरिने क्रियाकलाप र दोस्रो पूर्ण सरसफाइ उन्मुख चरण र यस अन्तर्गत सञ्चालन गरिने क्रियकलापहरुलाई विभाजन गर्नुपर्दछ ।
यी दुबै चरणका क्रियाकलापहरु सञ्चालन भई आवश्यक सूचकहरु पुरा भएको अवस्थामा उक्त क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र भनिनेछ । कुनै पनि क्षेत्रको लागि WASH Plan पूर्ण सरसफाइ कार्यक्रमको एउटा मुख्य अंग हो ।
WASH Plan तर्जुमा गर्दा गाउँपालिका वा नगरपालिकालाई कार्यक्रम सञ्चालनको न्यूनतम एकाइको रुपमा लिइने छ । WASH Plan तयार गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिका वा जिल्लाको सहभागिता र स्वामित्वको सुनिश्चितता गर्नुपर्दछ । तयारीको सुरुदेखि अन्तसम्मका क्रियाकलापहरुमा ती संस्थाहरुको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्दछ ।
पूर्ण सरसफाइ अभियानलाई प्रवद्र्धन गर्दा स्थानीय परिवेश र अवस्था अनुसार सफा र स्वच्छ क्षेत्र र पूर्ण सरसफाइ उन्मुख क्षेत्रका लागि सञ्चालन गर्नुपर्ने क्रियाकलापहरुलाई एक पछि अर्को गर्दै सरसफाइ सम्बन्धी अन्य क्रियाकलापहरु समेत सञ्चालन गर्दै लैजानुपर्छ ।
खानेपानी, सरसफाइ र स्वच्छता योजना (WASH Plan) मा समावेश गर्नुपर्ने न्यूनतम विषयहरु
१. पृष्ठभूमि :
२. स्थान परिचय :
३ः वर्तमान अवस्था (खानेपानी, सरसफाइ र स्वच्छता) :
४. लक्ष्य निर्धारण (खानेपानी, सरसफाइ र स्वच्छता) :
५. कार्य प्रक्रिया :
६. अवसर चुनौतीहरुको विश्लेषण :
७. क्रियाकलापहरु :
८. कार्ययोजना :
९. लागत अनुमान :
१०. सरोकारवालाहरुको पहिचान, नक्सांकन र योगदानको विश्लेषण :
११. अनुगमन तथा मूल्यांकन :
१२. आवश्यक नक्साहरु :
हामीले सफा र स्वच्छ क्षेत्र कायम गर्नका लागि सञ्चालन गर्नुपर्ने क्रियाकलापहरुका बारेमा यसअघि नै चर्चा गरिसकेका छौं । पूर्ण सरसफाइ उन्मुख क्षेत्र हासिल गर्नका लागि सञ्चालन गर्नुपर्ने क्रियाकलापका बिषयमा आगामी अंकहरुमा क्रमशः प्रकाशन गर्दै जानेछौं । वास खबर हेर्दै गर्नुहोला — सम्पादक


3756 पटक हेरिएको 

