प्लाष्टिकका बोतल टिप्दै पर्यटक

 

मनाङ : पानी पिएर बोतल जथाभावी मिल्काउने, प्याकेटको खानेकुरा खाएर प्याकेट जत्ति जहाँ पायो त्यही फ्याँक्ने नेपालीहरुको बानी नै हो । फोहोर फ्याँक्दै गर्दा यसले वातावरणमा कस्तो असर पार्छ भन्ने हेक्का कसैले राख्दैनौं । मैले जस्तै अरुले पनि फ्याँकेमा कति फोहोर थुप्रिन्छन् ? त्यसको पनि कुनै वास्तै गर्दैनौं ।

उनलाई मनाङको नासों गाउँपालिकाको भिमताङदेखि तिल्चे गाउँसम्मको पदमार्गमा फालिएका प्लाष्टिकका बोतल र प्लाष्टिक टिप्दै हिडिरहेको अवस्थामा भेटिए ।

तर यस्ता कुरामा विदेशीहरु निक्कै अगाडि छन् । उनीहरु आफूले उत्पादन गरेको फोहोर आफै व्यवस्थापन गर्छन् । सानो चक्लेटको खोल नै किन नहोस्, चक्लेट खाएपछि खोल गोजीमा हाल्छन् र जहाँ फोहोर फाल्ने ठाउँ भेटिन्छन् त्यहाँ मात्र बिसर्जन गर्छन् ।

आफूले उत्पादन गरेको फोहोर आफैले व्यवस्थापन गर्ने मात्र होइन, नेपाल भ्रमणमा आएका एक जना पर्यटकले अरुले जथाभावी फालेका बोतलहरु बटुलेर हिड्न थालेका छन् । उनलाई मनाङको नासों गाउँपालिकाको भिमताङदेखि तिल्चे गाउँसम्मको पदमार्गमा फालिएका प्लाष्टिकका बोतल र प्लाष्टिक टिप्दै हिडिरहेको अवस्थामा भेटिए ।

जथाभावी फालिएको प्लाष्टिकको बोतल र प्लाष्टिकले वातावरणमा नराम्रो असर पर्ने भएकाले यसको पुनःप्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन प्लाष्टिकका बोतल र प्लाष्टिक संकलन गरिएको ती पर्यटकले बताए । उनले संकलन गरेको प्लाष्टिक र बोतल कुनै संघसंस्था वा होटललाई वितरण गर्ने बताए ।

यी विदेशी पर्यटकले जस्तै तपाई हामीले पनि फोहोर फाल्नु अघि यो फोहोरले वातावरणमा कस्तो असर पार्ला ? भनेर आफूले आफैलाई प्रश्न गर्ने हो भने जथाभावी फोहोर फाल्ने बानी केही हदसम्म नियन्त्रणमा आउँथ्यो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार