गोदावरी खोला सरसफाइ अभियानले बृहत रुप लिदै

 

काठमाडौ : ललितपुरको गोदावरी खोला सरसफाइ अभियानले बृहत रूप लिदैछ । सरसफाइ अभियन्ता धिरेन्द्र साहको सक्रियतामा सुरु भएको ललितपुर खोला सरसफाइ अभियानले खोला सफाइको अतिरिक्त विद्यालय स्तरीय चेतनामूलक कार्यक्रम, पदयात्रा लगायत कार्यक्रमको आयोजना गरी सफाइ अभियानलाई व्यापक बनाउँदै लगेको हो ।

गोदावरी खोला सरसफाइ अभियानले बुधबार मात्र गोदावरी कुण्डदेखि बालकुमारी पूल सम्म पदयात्रा ग¥यो । गोदावरी खोला क्षेत्रका बासिन्दालाई सरसफाइ र स्वच्छता वातावरण निर्माण प्रति जागरुक गराउन गोदावरी खोला सरसफाइ अभियानले गरेको यो अर्को प्रयास थियो ।

पदयात्रामा बिदेशी पर्यटकको समेत सहभागिता थियो । खोला नजिकको बस्तीबाट पदयात्रामा बढी सहभागिता रहनु, सरसफाइ अभियानमा सहभागी हुने इच्छा देखाउनु र प्रतिबद्धता व्यक्त गर्नुले अभियन्तामा नयाँ ऊर्जा पलाएको र खोला क्षेत्र छिटो सफा र सुन्दर हुने आशा पलाएको अभियन्ता मञ्जु भट्टराईले बताउनुभयो ।

 

स्थानीय बासिन्दाले भने गोदावरीको ग्रामीण क्षेत्रका नागरिकलाई नगरपालिकाले नै उपेक्षा गरेर फोहोर व्यवस्थापनको काममा सहयोग नगर्दा बाध्य भएर जथाभावी विसर्जन गर्नुपरेको बताएका छन् । फोहोर लिन गाड़ी पठाएको खण्डमा आफूहरु गाडीमै पठाउन तयार रहेपनि नगरपालिकाले बेवास्ता गरेकोब बताएका छन् ।

उनीहरुले आउँदो दिनमा फोहोर जथाभावी नफ्याँक्ने र गोदावरी खोला क्षेत्र सरसफाइ अभियानलाई साथ दिन प्रतिबद्धता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार