ललितपुर : गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले विभिन्न अभियन्ताको साथ पाउन थालेको छ । सफाइ अभियानले ११ हप्ताको कार्यक्रम गरिरहँदा विभिन्न क्षेत्रका व्यक्ति तथा विभिन्न ठाउँमा सरसफाइ अभियान सञ्चालन गरिसकेका अभियन्ताहरुले साथ दिएका हुन् ।
आजको सफाइ कार्यक्रममा बिष्णुमति सरसफाइ अभियन्ता सोभाकान्त पाण्डे, बाग्मती सफाइ अभियन्ता चित्र सुनुवार, सिराह सरसफाइ अभियन्ता धिरेन्द्र कुमार शाह, गोदावरी अभियन्ताहरु सुबोध थापा, दिलेन्द्र थापा, नारायणी पाण्डे, मन्जु भट्टराई, उमा दाहाल, निरु श्रेष्ठ, अङिता केसी, राजु थिङ, महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ, प्रहरी प्रभाग गोदावरी, नेप्को नेपाल लगायत संघसंस्थाका पदाधिकारीले सहभागिता जनाएको अभियन्ता गोदावरी सफाइ अभियन्ता दिलिप थापाले जानकारी दिनुभयो ।
आजको सरसफाइबाट करिब ३ टन फोहोर व्यवस्थापन गरिएको छ । सरसफाइ कार्यक्रममा आवश्कीय पञ्जा तथा मास्क गोदावरी १ का युवराज थापा र राजेश थापा तथा गोदावरी १४ निबासी शिव खड्काले प्रदान गर्नुभएको थियो ।