गोदावरी खोला सरसफाइ अभियान सफलता उन्मुख

 

ललितपुर : गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सुरु भएको छोटो समयमै सफलताको दिशा पक्रन थालेको छ । सरसफाइको १२ हप्ता सम्म पुग्दा स्थानीय बासिन्दा, विभिन्न पेशा, व्यवसाय, संगठन तथा संघसंस्थामा आवद्ध व्यक्तिहरुको साथ पाउन थालेको छ ।

सफाइ अभियन्ताले पुराना फोहोरहरु समेत खोजी गरी संकलन तथा व्यवस्थापन गर्न थालेका छन् । १२ औं हप्ताको सरसफाइ चलिरहँदा गोदावरी खोला क्षेत्र पहिलेको भन्दा निक्कै सफा देखिन थालेको र जथाभावी फोहोर फ्याँक्ने क्रममा कमी आएको अभियन्ताहरु बताउँछन् ।

सरसफाइ कार्यक्रममा स्थानीय बासिन्दा, पुष्पाञ्जली बिद्यालय गोदावरी, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ, नेप्को नेपाल, ताम्सालिङ गुठी गोदावरी, अन्नपूर्ण महिला सहकारी, धर्मतार सहकारी, नेपाल रेडक्रस गोदामचौर, सन्तानेश्वर सहकारी, स्वास्थ्य स्वयंसेविका गोदावरी, लालितपुर १ का सांसद नवराज सिलवालका स्वकीय सचिव प्रवीण जंग थापा तथा विभिन्न क्षेत्रका अभियन्ताहरुको सहभागिता थियो ।

करिब १५० को हाराहारीमा भेला अभियन्ता तथा स्थानीयबासिन्दाले गोदावरी खोला नहर, आमाघर नजिक करिब ३ टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले जनाएको छ ।

गोदावरी खोला क्षेत्र सरसफाइका थप तस्बिरहरु :

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार