स्कुलमा स्यानिटरी प्याडको व्यवस्था गर्न बीउ पूँजी

 

काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं. ३ मा अवस्थित श्री शुभ चामुण्डा माविले स्यानिटरी व्यवस्था गर्नका लागि बीउ पूँजी स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बीउ पूँजीका लागि विद्यालयलाई ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

वडा अध्यक्ष केपी दाहालको विशेष उपस्थितिमा महिला जागरण समूहको सहयोगमा विद्यालयले आयोजना गरेको एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम श्रेष्ठले बीउ पूँजीका लागि रकम उपलब्ध गराउनुभएको हो ।

यस्तै महिला जागरणकी अध्यक्ष निर्मला श्रेष्ठले ८० थान स्यानिटरी प्याड विद्यालयलाई दान गर्नुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले महिनावारी स्वच्छता सम्बन्धी नाटक प्रदर्शन गरेका थिए ।

 

विद्यार्थीहरु मार्फत गीत, कविता तथा खेलको माध्यमबाट महिनावारी प्रतिको गलत धारणा हटाउने र महिनावारी स्वच्छता प्रबर्धन गर्ने बिषयमा सन्देश प्रवाह गरिएको महिला जागरण समूहकी भवानी श्रेष्ठले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार