यस्तो रह्यो, चाँगुनारायण नगरपालिकाको सातौ हप्ताको सरसफाइ

भक्तपुर : चाँगुनारायण नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले सुरु गरेको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत आज वडा नं. ५ को छालिङमा सरसफाइ गरिएको छ ।

भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नवराज गेलालको प्रमुख आतिथ्यमा नगरपालिकाको वडा नं. ५ छालिङमा सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरी, विद्यार्थी, आमा समूह तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको नगरपालिकाका वास फोकल पर्सन रामेश्वर थापाले जानकारी दिनुभयो ।

एमवाससीसीको बैठकले चाँगुनारायण नगरपालिका स्तरीय बृहत सरसफाइ अभियान छैंटौं हप्तासम्म सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै सातौ हप्ताको सरसफाइ वडा नं ५ मा, आठौं हप्ताको सरसफाइ वडा नं ३ मा र ९ औं हप्ताको सरसफाइ वडा नं ६ मा सञ्चालन गर्ने यस अघि नै निर्णय गरिसकेको छ ।

सरसफाइ अभियानका थप तस्बिरहरु :

तस्बिरहरु वास फोकल पर्सन रामेश्वर थापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार