सगरमाथाको फोहोर काठमाडौमा मोहोर

 

काठमाडौ : यसबर्षको वसन्तु ऋतुमा सगरमाथा सफाइ अभियानबाट संकलित नसड्ने फोहोर पुनः प्रयोग गरिने भएको छ ।
सगरमाथा क्षेत्रबाट संकलित १५ हजार किलो नसड्ने फोहोर ब्लु वेष्ट टु भ्यालु नामक संस्थालाई पुनः प्रयोगका लागि हस्तान्तरण गरिएको हो । ब्लु वेष्ट टु भ्यालु लामो समयदेखि ठोस फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको संस्था हो ।

४५ दिने सम्म १२ जना शेर्पाहरु र नेपाली सेनाले सगरमाथा आधारशिविरदेखि क्याप ४ हुँदै साउथ कोलसम्म पुगेर १५ हजार ३ सय ६८ किलो संकलन गरिएको थियो ।

संकलित फोहोर मध्ये पुनः प्रयोग गर्न मिल्ने अक्सिजनको सिलिण्डर, पेयपदार्थका बोतल र टीनका बट्टा जस्ता फोहोरहरु सगरमाथाबाट नाम्चे हुँदै काठमाडौ ल्याएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित नेपाली सेनाको ब्यारेकमा राखिएको थियो ।

सफाइ अभियान पूर्ण सफल

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सरसफाइ अभियान पूर्ण रुपमा सफल भएको दाबी गर्नुभएको छ । अभियानबाट ११ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य भएपनि १५ हजार किलो भन्दा बढी फोहोर संकलन गर्न सफल भएको बताउनुभयो ।

सगरमाथाबाट ल्याएका फोहोर बुधबार खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाले ब्लु बेष्ट टु भ्यालुलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा अध्यक्ष शेर्पाले सगरमाथा सफाइका लागि चलाइएको अभियानलाई आउँदो बर्ष पनि निरन्तरता दिइने बताउनुभयो ।

सगरमाथाको आधारशिविरसम्म ल्याएको फोहोरलाई काठमाडौसम्म ल्याउनका लागि नेपाली सेनाले सहयोग गरेको थियो । सगरमाथा सरसफाइ अभियानमा २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार