राष्ट्रिय सरसफाइ सप्ताह (दोस्रो दिन) : सैबुमा सरसफाइ

ललितपुर : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा ललितपुर महानगरपालिकाको वडा नम्बर १८ सैबुमा सरसफाइ तथा चेतनामूलक कार्यक्रम गरिएको छ । वडाका विभिन्न स्थानमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।
बिहीबार बिहान गरिएको सरसफाइ कार्यक्रममा विद्यार्थी, विभिन्न संघ संस्था तथा वडा कार्यालयका पदाधिकारी, प्रहरी र स्थानीय बासिन्दाको सहभागिता थियो ।

यस वर्षको विश्व वातावरण दिवस स्वच्छ वायु स्वस्थ्य जीवन भन्ने नारा साथ मनाइएको छ । ‘संघ, प्रदेश र स्थानीय सरकार, पूर्ण सरसफाइ समृद्धिको आधार’ भन्ने नाराका साथ सरसफाइ सप्ताह मनाईरहेको छ ।

सप्ताहको अवसरमा २४ र २५ गते आमसञ्चार क्षेत्रसँग सरसफाइ सप्ताहको जानकारी तथा जेठ २४ र २५ मा काठमाडौको बसन्तपुरमा वास मेला हुने भएको छ ।

सैबु सरसफाइ कार्यक्रमका थप फोटाहरु :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार