‘वास मेला’ : जल देखि मलसम्म ( हेर्नुहोस् १० फोटोमा)

 

काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा सुरु भएको ‘वास मेला’ मा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।

मेलामा राखिएका स्टलहरुमा जलदेखि मल सम्म अवलोकन गर्नुका साथै सम्बन्धित सामग्रीका बारेमा पर्याप्त जानकारी हासिल गर्न सक्नुहुन्छ । खानेपानी शुद्धिकरण गर्ने फिल्टर, महिनावारी हुँदा लगाउने विभिन्न प्याडहरु, जैविक एवं घरेलु स्यानिटरी प्याड बनाउने तरिका आदि पनि मेलामा राखिएको छ ।

खानेपानी शुद्धिकरणका लागि क्लोरिनेशन विधि, आकाशे पानी संकलन एवं फिल्ट्रेशन विधि, खानेपानी र सरसफाइको क्षेत्रमा हासिल गरेका अन्य नवीन प्रविधिहरु समेत मेलामा राखिएको छ ।

 

 

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको वास मेलामा खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुले आ – आफ्नो उत्पादन र नयाँ प्रविधिलाई प्रदर्शनीका लागि राखिएको छ ।  मेलाको खानेपानीमन्त्री बिना मगरले उदघाटन गर्नुभयो । मेला भोलिसम्म चल्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार