भक्तपुर जिल्ला अस्पताल परिसरलाई पारियो चिरिच्याट्ट

भक्तपुर :  वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा भक्तपुर जिल्ला अस्पताल परिसरमा सरसफाइ गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको निर्णय अनुसार भक्तपुर जिल्ला अस्पताल परिसर सरसफाइ गरिएको हो ।

जिल्ला समन्वय समितिकी उपप्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) की उपाध्यक्ष सरिता कुँवर, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं. ५ का प्रमुख हरिदत्त पौडेल, युवा क्रियाकलाप समाज (सोया) तथा युएन ह्याविट्याटका भक्तपुर जिल्ला संयोजक पार्वती दंगाल देवकोटा, नेपाल रेडक्रस सोसाईटीका जिल्ला अध्यक्ष मनोज थापा लगायत स्थानीय बासिन्दा, नेपाली सेना र प्रहरी सहितको संलग्नतामा सरसफाइ गरिएको हो ।

 

सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) की उपाध्यक्ष सरिता कुँवरले डिवाससीसी भक्तपुरको अगुवाईमा सबै संघसंस्थामा सरसफाइ सुविधा भए नभएको बिषयमा अनुगमन गरिने बताउनुभयो ।

उहाँले तोकिएको अवधिभित्र जिल्लालाई पूर्ण सरसफाइ उन्मुख बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार