फोहोर खोज्दै सरसफाइ अभियन्ता

 

ललितपुर : हातमा पन्जा, मुखमा माक्स, खुट्टामा गमबुट लाए पछि सरसफाइ अभियन्ता फोहोर संकलनका लागि तयार हुन्छन् । अनि हातमा डोको र फलामका सुईरो बोकेर कता कता फोहोर छ खोज्दै संकलन गर्दै हिड्छन् ।

गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानमा यो क्रम विगत १८ हप्ता देखि जारी छ । सुरु सुरुमा प्रशस्त फोहोर भेटिएपनि अब फोहोर व्यवस्थापन गर्दै जाँदा फोहोरको मात्रा घट्दै गएको अभियन्ताहरु बताउँछन् । सरसफाइका क्रममा फोहोरमैला व्यवस्थापनका लागि विभिन्न सचेतनात्मक कार्यक्रम सञ्चालन, सरसफाइका लागि मानव साङ्लो समेत बनाईसकेको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले गत हप्ता दही चिउरा खाँदै सरसफाइ पनि गरेको थियो ।

आज १८ औं सरसफाइ कार्यक्रमबाट करिब २ टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको अभियन्ता बेबि राजभण्डारी थापाले जानकारी दिनुभयो । सरसफाइ अभियान टोलीले संकलन गरेको फोहोरलाई सुरु दैखि नै नेप्को नेपालले व्यवस्थापन गर्दै आएको छ ।

सरसफाइ कार्यक्रममा गोदावरी अभियन्ताहरु कुन्ता थापा, नारायणी पाण्डे, तारा खड्का, रन्जिता खत्री, प्रसान्त थापा, सुबोध थापा, दिलिप थापा, दिलेन्द्र थापा, मुक्तिनाथ बिकास बैंकको टीम, अन्य सरसफाइ अभियन्ताहरु चित्र सुनुवार, शेखर क्षेत्री बाल अभियन्ताहरु अबिरल थापा, जियुश बस्नेत, बेदिका थापा, आरभ ठकुरी लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार