वीरगञ्जको फोहोर निजी क्षेत्रद्वारा व्यवस्थापन

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको काम आजदेखि निजी क्षेत्रले सम्हालेको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको काम पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले सुरु गरेको हो ।

वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्ने लगायत विभिन्न कसुरमा कसुर अनुसार ५ सय देखि १ लाखसम्म जरीवानाको व्यवस्था गरिएको छ । तर, ऐनको प्रभावकारी कार्यान्वयन गराउन महानगरले सकेको छैन ।

त्यसले गर्दा सरसफाइका लागि निजी क्षेत्रको जिम्मा दिइएको छ । निजी संस्थाको मातहतमा नगरपालिकाको सरसफाई शाखाका कर्मचारी समेत रहने गरी महानगरपालिकाले सँस्थासँग सम्झौता गरेको छ । सँस्थाका म्यानेजिङ डाइरेक्टर केशव नेपालले वीरगञ्ज महानगरपालिकाको सरसफाइमा केही दिनमा सुधार देखिने दावी गर्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख राज ताम्राकारले एकैपटक संस्थालाई जिम्मा दिँदा अप्ठेरो स्थिति आउन सक्ने भएकोले सहकार्यमा काम शुरु गरिएको बताउनुभयो ।

‘हामीलाई सेट हुन समय लाग्छ, त्यसैले पुरानै ढर्रामा काम हुन्छ । ८/१० दिनमा सुधार देखिन्छ,’ उनले भने, ‘सरसफाइलाई सुधार गर्नलाई कर्मचारी थप गर्दैछौं, सुपरभाईजर राखिसकेका छौं । ट्याक्टर ६ वटा ल्याउँदैछौं । निकट भविष्यमा नयाँ प्रविधी भित्र्याउने गरी तयारी गरिरहेका छौं ।’ म्यानेजिङ डाइरेक्टर केशव नेपालले भन्नुभयो ।

४ वर्षका लागि २४ करोड रुपैयाँमा फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिँदा महानगरपालिले सरसफाइमा गर्दै आएको वाषिर्क १२ करोड खर्च बचत हुनुको साथै फोहोरबाट मुक्ति मिल्ने दावी गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार