सूचना शिक्षा तथा सञ्चार सामग्री सम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी

 

काठमाडौं : सूचना शिक्षा तथा सञ्चार सामग्री (IEC Materials) निर्माण सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय, मानव संशाधन विकास तथा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, अपाङ्गता भएका व्यक्तिहरुको विभिन्न संघसंस्था, साझेदारी संस्था र मुख्य सरोकारवाला निकाय सँगको समन्वयमा भिएसओ नेपाल अन्तर्गतको ENGAGE प्रोजेक्टले परामर्श गोष्ठीको आयोजना गरिएको भिएसओ नेपालकी प्रोजेक्ट कोअर्डिनेटर प्रिती शर्माले जानकारी दिनुभयो ।

हाल विद्यमान सूचना शिक्षा तथा सञ्चार सामग्री (IEC Materials) हरुले समावेशी शिक्षा, किशोरी यौन तथा प्रजनन स्वास्थ्य, लैगिक हिंसा, बालसुरक्षा र अपाङ्गता भएका व्यक्तिहरुको सवाल समेटिएको छ वा छैन भन्ने पहिचान गरी उनीहरुको सवाल समेट्ने प्रकारका IEC Materials निर्माण गर्न गोष्ठीको आयोजना गरिएको भिएसओ नेपालले जनाएको छ ।

गोष्ठीमा यस सम्बन्धी व्यापक छलफल भएको र यसले सूचना शिक्षा तथा सञ्चार सामग्रीले समेटिएको क्षेत्र पहिचान गरी भावी दिनमा सही सूचना सही माध्यमबाट सही लाभान्वित बर्गसम्म पुग्ने अपेक्षा गरिएको भिएसओ नेपालकी प्रोजेक्ट कोअर्डिनेटर प्रिती शर्माले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार