फोहोर फाल्ने बैंक र कलेजलाई वातावरण विभागको ७ दिने पत्र

 

काठमाडौ : काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जथाभावी फोहोर फाल्ने ग्लोबल आई एम ई बैङ्क, बानेश्वर शाखा र ह्वाइट हाउस कलेजलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम कार्वाही गर्ने भएको छ । विभागले बैंक र कलेज दुवैलाई कार्वाही गर्न नपर्ने कारण भए सात दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन पत्राचार गरेको हो ।

यही साउन २५ गते शनिबार अनुगमनका क्रममा वाग्मती धोबीखोला दोभान पुलेको पूर्व पट्टि सार्वजनिक सडक किनारमा फोहोर फालिएको भेटिएको थियो । उक्त फोहोरमा ग्लोबल आई. एम. ई बैङ्क, बानेश्वर शाखाको भौचर, नयाँ खाता खोल्ने कागजात एवं ह्वाइट हाउस कलेजसँग सम्बन्धित भिजिटिङ्ग कार्ड, सवारी साधनको बिग्रिएका सिट लगायत सामान फेला परेको थियो ।

विभागले आइतबार नै सम्बन्धित बैंकको शाखा र कलेजका प्रमुखलाई पत्राचार गरिसकेको र चित्तबुझ्दो जवाफ नआए कार्वाही गरिने महानगरपालिकाकी वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार