विश्व चर्पी दिवसको प्रभातफेरीमा जे देखियो (फोटो फिचर)

 

काठमाडौ : सातौं विश्व चर्पी दिवस काठमाडौमा प्रभातफेरी कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा वाटर एड, खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो),  गुठी, पश्चिम पाइला, नेपाल रेडक्रस सोसाईटी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल लगायत संघसंस्थाले काठमाडौको भृकुटीमण्डपबाट प्रभातफेरी निकालिएको हो ।

भृकुटीमण्डपबाट सुरु भएको ¥याली भद्रकाली, शहीदगेट हुँदै न्यूरोड गेटबाट प्रवेश गरी बसन्तपुरमा पुगेर विसर्जन भएको थियो । ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मुल नाराका साथ मनाईएको चर्पी दिवसमा ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’ ‘महामारी मुक्त नेपाल’ ‘शौचालयबाट निस्कने फोहोर कहाँ जान्छ त ?’ के तपाई शौचालय नभएको कल्पना गर्न सक्नुहुन्छ ? तर अझै पनि २.५ अर्ब मानिसको घरमा छैन’ ‘घरघरमा चर्पी, सफा राखौं धर्ती’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

¥यालीमा काठमाडौ महानगरपालिका शहरी विकास आयोगका उपाध्यक्ष सरोज बस्नेत, काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, प्रनिनिधी सभा सांसद जीवनराम श्रेष्ठ, पूर्व वातावरणमन्त्री गणेश शाह, वाटर एडका कन्ट्री डाइरेक्टर तृप्ति राई, खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपीन डंगोल लगायतको समेत सहभागिता थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार