सिसडोल ल्याण्डफिलमा जे देखियो : हेर्नुहोस् १५ फोटोमा

 

काठमाडौ : काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गरिँदै आएको सिसडोल ल्याण्डफिल्ड साइड लगभग भरिएको छ । सुरुमा २ बर्षका लागि २०६२ सालमा फोहोर विसर्जन गर्न थालेको सिसडोल ल्याण्डफिलमा अहिले पनि दैनिक १ हजार देखि ११ सय टन फोहोर विसर्जन गर्दै आएको छ ।

सिसडोल ल्याण्डफिल साईडको विकल्पमा बन्चरेडाँडामा अर्को ल्याण्डफिल साईड निर्माण भईरहेको छ । स्थानीय बासिन्दाले भने बञ्चरेडाँडा ल्याण्डफिल साईट चाँडो भन्दा चाँडो सम्पन्न गरी सिसडोलमा फोहोर विसर्जन गर्न बन्द गर्नुपर्ने बताएका छन् ।

आफूहरुलाई राज्यले नै दमन गरी जबरजस्ती फोहोर फ्याँकिदै आएको स्थानीयको गुनासो छ । बञ्चरेडाँडामा फोहोर विसर्जन थालेमा आफूहरुले बल्ल खुला रुपमा सास फेर्न सकिने ककनी गाउँपालिका १ नुवाकोटका सन्तराम श्रेष्ठले बताउनुभयो ।

सिसडोलको वर्तमान अवस्था हेर्नुहोस् फोटोमा


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार