१३ करोडको खानेपानी ५ हजार घरपरिवारले पिउने

 807 पटक हेरिएको

कैलाली: धनगढी उप–महानगरपालिकाको वडा नं. १२ जुगेडा स्थित डी गाउँमा बृहत खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । केही दिन अघि धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शिलान्यास गरेपछि खानेपानी आयोजना निर्माणको काम सुरुवात भएको हो ।

नेपाल खानेपानी संस्थानको आर्थिक सहयोग एवं धनगढी उप–महानगरपालिकाको समन्वयमा १२ करोड ९९ लाख रुपैयाँ लगानी हुने खानेपानी आयोजनाबाट ५ हजार घरपरिवार लाभान्वित हुनेछन् ।

उप–महानगरपालिकाको सबै वडामा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माणको काम सुरु भएको खानेपानी संस्थान धनगढीका प्रमुख अरविन्द कुमार कर्णले बताउनुभयो । ‘यो आयोजनालाई ३ वर्षभित्र सम्पन्न गर्ने हाम्रो योजना छ, यद्यपि १ वर्षभित्रै खानेपानी वितरण गर्न सकिन्छ भन्ने मलाई लागेको छ’ उहाँले भन्नुभयो ।

खानेपानी डिपबोरिङ गरी ४ लाख ५० हजार लिटर क्षमता रहेको ओभर हेडट्यांकीमा जम्मा गरी उपमहानगरपालिका भित्रका ५ हजार घरधुरीमा वितरण गर्ने लक्ष्य रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार