कुहिने फोहोरबाट ग्याँस उत्पादन सुरु

 

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्टबाट ग्याँस उत्पादन गर्न थालिएको छ । बजार क्षेत्रबाट संकलित कुहिने फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो ।

कुहिने फोहर ग्याँस प्लान्टमा राखेर दैनिक सात किलो ग्याँस उत्पादन हुन थालेको छ । २० लाखको लागतमा निर्माण गरिएको बायोग्याँस प्लान्टमा कुहिने फोहरसँगै गाईबस्तुको गोवरको प्रयोग गरिँदै आएको नगरपालिकाका वन वातावरण विपद् व्यवस्थापन तथा फोहरमैला शाखाका प्रमुख पुष्पराज भट्टले जानकारी दिनुभयो ।

 

प्लान्टबाट उत्पादित ग्याँस कार्यालयका कर्मचारीको भान्सामा प्रयोग हुन थालेको छ । कार्यालय प्रमुखको निवास, बारुणयन्त्रका कर्मचारीको क्वाटर र नगरपालिका कार्यालयमा सञ्चालित क्यान्टिनमा ग्याँसको खपत भइरहेको शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । प्लान्टबाट पाइप मार्फत चुलोमा ग्याँस पुर्‍याइएको छ । यसबाटै खाना पकाउने गरिएको क्यान्टिन सञ्चालकले बताएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार