वागमती पूर्ण रुपमा सफा नभएसम्म अभियान नरोकिने अभिनेत्री कोइरालाको उदघोष (भिडियो)

 282 पटक हेरिएको

काठमाडौ : अभिनेत्री मनिषा कोइरालाले सफा गर्नेहरु भन्दा फोहोर गर्नेहरु बढी हुँदा अपेक्षाकृत रुपमा वागमती सफा हुन नसकेको बताउनुभएको छ । वागमती सफाइ महाअभियानले ४ सयौं हप्ता पूरा गरेको अवसरमा मीनभवन पूल नजिकै आयोजना गरिएको कार्यक्रममा अभिनेत्री कोइरालाले नदी नाला नभई नदीकै स्वरुपमा बग्न दिनुपर्ने बताउनुभयो । उहाँले वागमती सफाइ महाअभियानमा आफू लामो समयदेखि लागिरहेको र वागमती पूर्ण रुपमा सफा नभएसम्म अभियान नरोकिने बताउनुभयो ।

हेरौं यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार