सुरक्षित खानेपानीयुक्त समुदाय निर्माणका लागि खानेपानी सुरक्षा योजना बनाउँदै

 324 पटक हेरिएको

मुगु : हिमाली जिल्ला मुगुको छायाँनाथ नगरपालिका भित्र सुरक्षित खानेपानीयुक्त समुदाय निर्माणका लागि खानेपानी सुरक्षा योजना बनाउन सुरु गरिएको छ । यसका लागि नगरपालिका भित्रका १० वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीका लागि छुट्टा छुट्टै ३ वटा स्थानमा तालिम सञ्चालन गरिएको छ ।


युनिसेफ नेपालको आर्थिक सहयोग तथा हिरिसडेक मुगुको समन्वय र छा‒याँ नेपालको सहजीकरणमा पहिलो चरणमा नगरपालिकाको वडा नं ८ शिबनगर ढोटुमा ३ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि तालिम दिईएको छा‒याँ नेपालका परियोजना संयोजक मिनबहादुर रावलले जानकारी दिनुभयो । त्यसैगरी दोस्रो तथा तेस्रो चरणको तालिम सदरमुकाम गमगढीमा सञ्चालन गरिएको थियो ।


दोस्रो तथा तेस्रो चरणको तालिममा ७ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारी सहभागी थिए । तालिममा पूर्ण सरसफाइ सहित सुरक्षित खानेपानीको अवधारणा, आयोजनाको सुचारुपना तथा व्यवस्थापन र सुरक्षित खानेपानीयुक्त समुदायका बिषयबस्तुहरु समावेश गरिएको थियो । जस अन्तर्गत पानी परिक्षण तथा स्थलगत रुपमा गई आयोजनाको जोखिम पहिचान तथा बिश्लेषण गरी कार्य योजना समेत निर्माण गरिएको छा‒याँ नेपालका परियोजना संयोजक मिनबहादुर रावलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार