वास खवर सम्वाददाता÷अर्घाखाँची
सदरमुकाम सन्धिखर्कमा अधिकांश सरकारी कार्यालय रहेको क्षेत्र टुँडिखेल र आसपासमाा सरसफाइ गरेर ७१ औं प्रजातन्त्र दिवस मनाइएको छ ।
सो अवसरमा टुँडिखेल खुल्ला मञ्च, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सभागृह, जिल्ला प्रहरी कार्यालय, कर्मचारी मिलन केन्द्र, सन्धिखर्क नगरपालिका लगायतका क्षेत्रको सफाइ गरिएको थियो ।
प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले सरसफाइले सबैलाई सकारात्मक कामका लागि उत्प्रेरित गर्ने बताउनुभयो ।
समारोहका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले घर आँगन सफा गरेर फोहर सडकमा फाल्ने नभै सडकको फोहर सफा गर्ने दायित्व समेत सम्बन्धित घरधनीकै भएको बताउनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्य रामजी घिमिरे, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुषाल, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि पुलामी, सबै राजनीतिक दलहरुको तर्फबाट कृष्ण खनाल, नागरिक समाज एवम् निजी क्षेत्रको तर्फबाट अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ लगायतले सरसफाइ, सामाजिक सुधार र प्रजातन्धका विभिन्न पक्षको बारेमा प्रष्ट्याउनुभएको थियो ।
अर्घाखाँची जिल्लामा पूर्ण सरसफाइ अभियान थाालनी भएपश्चात् सबै सार्वजनिक कार्यक्रमहरुमा सरसफाइलाई प्राथमिकतामा राख्ने गरिएको प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीका कार्यकारी निर्देशक प्रेमनारायण गैरेले जानकारी दिनुभयो ।